नियम ६३
बिदा दिने अधिकारी
(१) यस परिच्छेद बमोजिम पाउने अध्ययन बिदा बाहेक अन्य बिदाको स्वीकृति देहायका अधिकारीले दिन सक्नेछन्ः–
(क) प्रधान सेनापतिका लागि रक्षामन्त्री,
(ख) उपरथी तथा रथी वा सो सरहका लागि प्रधान सेनापति,
(ग) सहायक सेनानी तथा सोभन्दा माथि सहायक रथीसम्मका लागि विभागीय प्रमुख वा कार्यालय प्रमुख,
(घ) फलोअर्स तथा सोभन्दा माथि प्रमुख सुवेदारसम्मका लागि सम्बन्धित कार्यालय प्रमुख ।
(२) अध्ययन बिदा नेपाल सरकारले स्वीकृत गर्नेछ ।
(३) उपनियम (१) बमोजिम विदा स्वीकृत गर्ने अधिकार आवश्यकता अनुसार प्रत्यायोजन गर्न सकिनेछ ।